रुपन्देहीको सियारीमा कांग्रेस विजयी

  जेठ ०५, २०७९

रुपन्देही, जेठ ६ : रुपन्देहीको सियारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । अध्यक्षमा थानेश्वर घिमिरे १० हजार ४५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अयोध्या थारुले सात हजार २६८ मत ल्याउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

यस्तै उपाध्यक्षमा कांग्रेसका तारा थारु आठ हजार ९९० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेकै अमृता गुरुङले सात हजार २६९ मत प्राप्त गर्नुभयो । वडा नं १ मा राप्रपाका अरुणकुमार शाही, वडा नं २ मा एमालेका जनार्दन यादव, ३ मा कांग्रेसका रामचन्द्र कुर्मी विजयी हुनुभएको छ । वडा नं ४ मा कांग्रेसकै श्रीराम यादव, ५ मा कांग्रेसकै धनपति खरेल, ६ मा एमालेका शेरबहादुर गुरुङ, ७ मा कांग्रेसका दीपकबहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया