चलचित्र  ‘के घर के डेरा’को छायाङ्कन  सुरु

  जेठ ०४, २०७९

काठमाडौँ, जेठ ४ : निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र  ‘के घर के डेरा’को छायाङ्कन  सुरु भएको छ । चलचित्रको पहिलो दिन गीत सुटिङबाट छायाङ्कन सुरु भएको हो ।

चलचित्रको पूरै छायाङ्कन काठमाडौँ उपत्यकामै गरिने निर्देशक खनालले जानकारी दिनुभयो । चलचित्रमा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रवीन्द्र झा, लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको अभिनय रहनेछ ।

चलचित्रका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुनुहुन्छ भने सिङ्गे लामाको कथा र महेश दवाडीको पटकथा रहेको छ । “काठमाडौँमा घर हुने र नहुनेबीचको असमानताको कथा हो चलचित्र,” निर्देशक खानालले भन्नुभयो ।

तपाईको प्रतिक्रिया