साकेला गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

  जेठ ०२, २०७९

खोटाङ, जेठ २ : साकेला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रविप्रकाश राई विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउँदै राई अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

राईले एक हजार ८५० मत ल्याएर अध्यक्षमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी खड्काले एक हजार ७७२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत राजन नेपालले जानकारी दिनुभयो । निवर्तमान प्रमुख खड्का २०७४ सालमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी उपप्रमुखमा भने दुई हजार १२ मत ल्याएर नेकपा (माओवादी केन्द्र)का बिर्सिका राई विजयी हुनुभएको छ । नवनिर्वाचित उपप्रमुख राईको निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरिता खड्काले एक हजार २२४ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा पराजित खड्का २०७४ सालको निर्वाचनमा कांग्रेसबाट उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

पाँच वडा मात्र रहेको जिल्लाकै सबैभन्दा सानो स्थानीय तह साकेला गाउँपालिकामा कांग्रेस र माओवादी दुई-दुई तथा एमाले एउटा वडामा विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया