उत्तरगया गापाको मत परिणाम घोषणा

  जेठ ०२, २०७९

रसुवा, जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत उत्तरगया गाउँपालिकाको मत परिणाम घोषणा भएको छ । प्राप्त परिणामअनुसार नेकपा एमालेका उम्मेदवार माधवप्रसाद अर्यालले दुई हजार ९९९ मत प्राप्त गरी गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गर्नुभएको छ । अध्यक्ष पदमा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपेन्द्र लम्सालले दुई हजार ५६० मत प्राप्त गर्नुभएको थियो । यसअघि लम्साल सोही गाउँपालिकाको अध्यक्ष पदमा हुनुहुन्थ्यो ।

गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार चमेली गुरुङले तीन हजार १३४ प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सुनिता गुरुङले दुई हजार ४३४ मत प्राप्त गर्नुभएको थियो । यस्तै उक्त गाउँपालिकाको पाँचवटा वडामध्ये १, २ र ३ वडामा नेकपा एमालेका उम्मेदवार क्रमशः मारसिंह तामाङ, टुकुप्रसाद सुवेदी, लालबहादुर तामाङ एवं वडा नं ४ मा नेपाली कांग्रेसका अमरबहादुर बुलुन र वडा नं ५ मा नेकपा माओवादी केन्द्रका यमप्रसाद आचार्य विजय हुनुभएको छ ।

तपाईको प्रतिक्रिया