सल्यानको सिद्ध कुमाखमा नेपाली कांग्रेस विजयी

  जेठ ०२, २०७९

सल्यान, जेठ २ : सल्यानको सिद्ध कुमाख गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका भरत गिरी विजयी हुनुभएको छ । उहाँले दुई हजार १७३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी) का चित्रबहादुर चलाउनेले एक हजार ७९८ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का रामबहादुर बस्नेतले दुई हजार ३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पूर्णिमा चलाउनेले एक हजार ९६३ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाका पाँचवटा वडामध्ये दुईवटा वडामा माओवादी केन्द्र र तीनवटा वडामा कांग्रेस विजयी भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये तीनवटा स्थानीय तहको नजिता घोषणा भइसकेको छ ।

हालसम्मको मत गणनाअनुसार दुई स्थानीय तहमा एमाले, दुई स्थानीय तहमा कांग्रेस, दुई स्थानीय तहमा माओवादी केन्द्र र एक स्थानीय तहमा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

तपाईको प्रतिक्रिया