दाङको राजपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

  जेठ ०२, २०७९

दाङ, जेठ २ : दाङको राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष पदमा शरद बुढाथोकीले तीन हजार ९८० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का चक्रबहादुर खडकाले तीन हजार १६७ मत र नेकपा (एमाले)का अध्यक्ष पदका उम्मेदवार कुलराज गिरीले दुई हजार ९२२ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा धनपति यादव तीन हजार ८३६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार पुष्पा यादवले तीन हजार ३४८, नेकपा (एमाले)का सीता यादवले दुई हजार सात मत प्राप्त गर्नुभएको छ । कूल १५ हजार ७२३ मतदाता रहेकामा ११ हजार ७४१ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया