पालिका अध्यक्षमा लामा दोस्रो कार्यकालका लागि निर्वाचित

  जेठ ०२, २०७९

मुगु, जेठ २ : मुगुका चारवटा स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाउँपालिकाको मत गणना सम्पन्न भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांगे्रसबाट अध्यक्षका उम्मेदवार छिरिङ्ग क्याप्ने लामा विजयी भएका छन् ।

उहाँले एक हजार ५७१ मत प्राप्त गरी विजयी हुँदै गर्दा उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा(एमाले)का सोनाम लामाले एक हजार ४८१ प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा एमालेबाट छिरिङ्ग फुटिक लामाले एक हजार ५६१ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का गुरु स्याङ्गयाप लामाले एक हजार ३८५ मत ल्याउँदै पराजित हुनुभएको निर्वाचन अधिकृत ताराप्रसाद पोखरेलले जानकारी दिनुभयो । अध्यक्षले ९० मत र उपाध्यक्षले १७६ मतको अन्तरले निकटतम प्रतिद्वन्द्वीलाई पराजित गर्नुभएको हो ।

अध्यक्षमा निर्वाचित लामा २०७४ सालको स्थानीय निर्वाचनमा पनि कांगे्रसबाट अध्यक्षको उम्मेदवार हुँदै निर्वाचित हुनुभएको थियो । निर्वाचितसँगै यो उहाँको दोस्रो कार्यकाल रहनेछ । गाउँपालिकाका नौ वडाहरूमध्ये ५ वडामा कांगे्रस र ४ वडामा एमालेले जीत हासिल गरेका छन् । यो गाउँपालिकामा चार हजार ३१ मतदाता रहेका थिए । जिल्ला अन्य एक नगरपालिका र दुई गाउँपालिकामा मत गणना जारी रहेको छ ।

तपाईको प्रतिक्रिया