कोञ्ज्येसोम गाउँपालिका प्रमुखमा एमालेका कृष्णमान विजयी

  जेठ ०२, २०७९

ललितपुर, जेठ २ : कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कृष्णमान लामा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवार राजनप्रसाद घिमिरे विजयी हुनुभएको छ । अध्यक्षमा लामाले तीन हजार १०४ मत ल्याएर विजयी हुनुभएको हो । लामाका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का गोपीलाल सिङतानले दुई हजार ५०९ मत ल्याउनुभएको छ ।

गाउँपालिकाका पाँच वडामध्ये दुईमा नेपाली कांग्रेस, दुईमा नेकपा (माओवादी केन्द्र) र एकमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ चौघरे अध्यक्षमा माओवादी केन्द्रका सन्तलाल तामाङ र वडा नम्बर २ सङ्खुमा एमालेका रोहन लामा, वडा नम्बर ३ दलचोकीमा नेपाली कांग्रेसका तिलक बोम्जन र वडा नम्बर ४ नल्लुमा कांग्रेसका तीर्थ घलान र वडा नम्बर ५ मा माओवादी केन्द्रका विजय तामाङ विजयी हुनुभयो ।

तपाईको प्रतिक्रिया