उदयपुरको लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी

  जेठ ०१, २०७९

उदयपुर, जेठ १ : उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी हुनुभएको छ । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार दिएका नेपाली कांग्रेसका पुष्पकुमार राई विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले बताएको छ ।

अध्यक्षका पदमा राई नेकपा (एमाले)का अध्यक्षका उम्मेदवार राजकुमार राईलाई एक हजार ३३८ मतको विरुद्ध एक हजार ८१८ मत प्राप्त गरेर विजयी हुनुभएको हो । त्यस्तै उपाध्यक्षमा राई एमालेकी उम्मेदवार गीता कार्कीलाई एक हजार ३१२ विरुद्ध एक हजार ६४० मत प्राप्त गरेर विजयी हुनुभएको मूख्य निर्वाचन अधिकृतको कायालय उदयपुरले बताएको छ ।

तपाईको प्रतिक्रिया