पारिजात स्मृति अभिनव पुरस्कार तेजप्रकाश श्रेष्ठलाई अर्पण

  बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : अभिनव साहित्य समाजले ‘पारिजात स्मृति अभिनव पुरस्कार २०७९’ विशिष्ट बाल साहित्यकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरेको छ । समाजको २४३औँ साहित्यिक शृङ्खलाअन्तर्गत आज जोरपाटीमा भएको २९औँ पारिजात स्मृति विशेष काव्य गोष्ठीका क्रममा उहाँलाई रु १५ हजार नगदसहित पुरस्कृत गरिएको हो । यो पुरस्कार तेस्रोपटक वितरण गरिएको छ ।

कार्यक्रममा प्राडा श्री चूडामणि बन्धु, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, प्रमोद प्रधान, विजय चालिसे र कणाद महर्षिले कविताका विभिन्न आयामबारे प्रकाश पार्नुभएको थियो ।

उत्कृष्ट कविता प्रस्तुत गर्ने कान्छाप्रसाद तिवारी, कीर्ते पौडेल र नारायण निरौलालाई प्रोत्साहन पुरस्कार अर्पण गरिएको थियो । अन्य कविता वाचन गर्नेहरुमा सुशील आचार्य, गोविन्दसङ्गत महर्जन, ओमप्रसाद कोइराला, बद्रीप्रसाद सुवेदी, राजेशमान केसी, घनश्याम प्रर्सा, अच्युत पौडेल चिन्तन, दुर्गा अधिकारी भ्रमरकोटे, मञ्जुश्रीप्रधान केसी, रुद्र अधिकारी, गङ्गाप्रसाद भेटवाल, भावना न्यौपाने, मुकुन्द आचार्य, विकल त्यागी, भुवन सिवाकोटी चौघरे, जीत कार्की, देवकी खतिवडा, रमेशजङ्ग थापा, आलोक चालिसे, मेनका पोखरेल, जगदीश पोखरेल, पवन सङ्ग्रौला, एलपी पराजुली, कमन व। सिंह, उषा केसी, ललिता दोषी, महेश्वर वाग्ले र सुमन पुडासैनीलगायत हुनुहुन्छ ।

प्रसिद्ध उपन्यासकार पारिजातको तस्बिरमा माला एवं पुष्प गुच्छा अर्पण गरी उहाँको कृतित्व र व्यक्तित्वको विषयमा प्रकाश पारिएको थियो ।

तपाईको प्रतिक्रिया