युक्रेन द्वन्द्व सुरुभएयता पहिलो पटक अमेरिका र रुसी रक्षा प्रमुखबीच फोनवार्ता

  बैशाख ३१, २०७९

वासिङ्टन; बैशाख ३१ : अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र रुसी रक्षा मन्त्री सेर्गेई शोइगुबीच गत शुक्रबार फोनवार्ता भएको छ । रूसले युक्रेनमा विशेष सैन्य कारबाही सुरु गरेपछि यी दुवै मन्त्रीबीच पहिलो फोनवार्ता भएको बताइएको छ ।

युक्रेनमा तत्काल युद्धविरामको लागि अस्टिनले आग्रह गर्नु भएको पेन्टागनका प्रेस सेक्रेटरी जोने किर्बीले बताउनु भएको छ । यसअघि अस्टिन र शोइगुबीच गत फेब्रुअरी १८ वार्ता भएको किर्बीले थप जानकारी दिनु भएको छ ।

रुसी रक्षा मन्त्रालयले शुक्रबार जारी गरेको संक्षिप्त विज्ञप्तिमा सोइगु र अस्टिनले युक्रेनको अवस्थालगायत अन्तर्राष्ट्रिय सुरक्षाका विषयमा छलफल गर्नु भएको बताएको छ ।

तपाईको प्रतिक्रिया