बागलुङका तीन पालिकामा गठबन्धनको अग्रता

  बैशाख ३१, २०७९

बलेवा, वैशाख ३१ : बागलुङका तीन पालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गलकोट नगरपालिकाको प्रमुखमा कांग्रेसका भरत शर्मा गैरेले ५२९ मत ल्याएर अग्रता लिनुभएको छ । नेकपा (एमाले)का पूर्ण काउचाले ३५० र स्वतन्त्र उम्मेदवार मञ्जु शर्माले १५९ पाउनुभएको छ ।

उपप्रमुखमा माओवादीका फमलाल निउरेले ४९४ मतले अग्रता लिनुभएको छ । एमालेका रुपा विकले ३६५ र स्वतन्त्र उमेदवार तिलक उप्रेतीले ५५ मत पाउनुभएको छ । ताराखोला गाउँपालिकामा अध्यक्ष पदमा माओवादीका धनबहादुर विकले २९४ मतले अग्रता लिनुभएको छ । एमालेका ऋषिराम रोकाको ५२ र स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीको ९४ मत छ । उपाध्यक्षमा कांग्रेसका भीमबहादुर रोकाको २९६ एमालेकी थममाया घर्तीले १०२ मत पाउनुभएको छ ।

निसीखोलामा पनि गठबन्धनले अग्रता लिएको छ । अध्यक्षमा कांग्रेसका सूर्यबहादुर घर्तीले १४७ मतले अग्रता लिनुभएको हो । एमालेका भूमिराज घर्तीमगरले ११३ मत पाउनुभएको छ । उपाध्यक्षमा माओवादीका प्रेमबहादुर घर्तीले १०५ र एमालेका भोटु चन्दले ७४ मत पाउनुभएको छ । जिल्लाका अन्य सात पालिकामा मतगणनाको तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया