वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै

  बैशाख ३१, २०७९

वीरगञ्ज, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ ।

छलफलपश्चात् मतगणनाको अघि बढाइने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो । मतगणनाको तयारीका लागि उक्त विद्यालयको ‘सी’ ब्लकमा मतगणना कक्षमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको हो ।

जिल्लामा रहेका कूल १४ पालिकाको विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा कूल तीन हजार २९७ जना चुनावी प्रतिष्पर्धामा रहेका छन् । १४ पालिका रहेको जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला र एक लाख ९१ हजार ५३७ जना पुरुष र १६ जना तेस्रोलिङ्गी गरी तीन लाख ३९ हजार ८३६ जना मतदाता रहेका थिए ।

जिल्लाको जिराभवानी र ठोरी गाउँपालिकाको मतगणना सुरु भएको छ । अन्य पालिका मतगणनाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।जिल्लामा मधेस प्रदेशको एकमात्र महानगरपालिका, वीरगञ्ज महानगरपालिकासहित अन्य तीन नगरपालिका र १० गाउँपालिका रहेका छन् । अधिकांश पालिकामा सर्वपक्षीय छलफल भइरहेकाले त्यसपश्चात् मतगणनाको काम अघि बढाइने उहाँले बताउनुभयो ।

मतगणनास्थलमा आवश्यक फलामे तारजालीसहित सिसिटिभी जडान गरिएको छ । विभिन्न पदको जनप्रतिनिधिका निर्वाचनमा लागि कूल तीन हजार २९७ जना चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ जना महिला र एक लाख ९१ हजार ५३७ पुरुष र १६ तेस्रोलिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता रहेका थिए ।

तपाईको प्रतिक्रिया