शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान

  बैशाख ३०, २०७९

काठमाडौं, वैशाख ३० : निर्वाचन आयोगले शुक्रबार अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको जनाएको छ ।  स्थानीय तहको निर्वाचनअन्तर्गत बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मत खसेको आयोगले जनाएको हो ।

आयोगले अपराह्न ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको हो । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । साँझ ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन् ।

तपाईको प्रतिक्रिया