पूर्वप्रधानमन्त्री खनाल र नेम्वाङद्धारा मतदान

  बैशाख ३०, २०७९

इलाम, वैशाख ३० : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र र संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङले इलामबाट मतदान गर्नुभएको छ । नेता खनालले सूर्योदय नगरपालिका ९ को राष्ट्रिय आधारभूत विद्यालयबाट बिहान  मतदान गर्नु भएको हो ।

यस्तै नेम्वाङले इलाम नगरपालिका १० मार रहेको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट मतदान गर्नु भएको हो । यस्तै प्रदेश १ की पर्यटनमन्त्री खिनु लङवा लिम्बुले सूर्योदय ३ बाट मतदान गर्नु भएको छ ।

यस्तै कांग्रेस केन्द्रीय सदस्य सुजना परियारले इलाम नगरपालिका ६ बाट र  एमाले केन्द्रीय सदस्य राम रानाले देउमाई ३ बाट र माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्माले फाकफोकथुम गाउँपालिकाबाट मतदान गर्नु भएको छ । इलामका १० वटै पालिकामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । इलाममा २ लाख २४ हजार ७ सय ४८ मतदाता मतदानमा सहभागी हुँदै छन ।

मौसमलाई मध्यनजर गरी सबै मतदान केन्द्रमा त्रिपाल लगाइएको छ ।

तपाईको प्रतिक्रिया