काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहजनकरुपमा मतदाताको सहभागिता रहेको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवन जिल्लाको भरतपुरको शान्ति नगरस्थित नेपाल प्रहरीको स्कुलबाट मतदान गर्नुभएको जानकारी हाम्रा समाचारदाता वसन्त पराजुलीले दिनुभएको छ ।
यसैगरी, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज उहाँको गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ४. कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभएको छ । सो जानकारी उहाँको निजी सचिवालयले दिएको हो ।