‘बेचेर सपना’ सार्वजनिक

  बैशाख २७, २०७९

काठमाडौँ, वैशाख २७ : गायक थानेश्वर गौतमको नयाँ गजल गीत ‘बेचेर सपना’ सार्वजनिक भएको छ । गायक आफैँले गीतमा सङ्गीत भर्नुभएको छ । गीतमा पुष्प खड्का, सुशीला थापा र स्मारिका ढकालको अभिनय छ ।

गीतको भिडियोमा सडक दुर्घटनामा परी मृत्यु भइसकेकी श्रीमतीको यादमा तड्पिरहने युवाको कथा प्रस्तुत गरिएको छ । भिडियो रामजी लामिछानेले निर्देशन गर्नुभएको हो भने मानकृष्ण महर्जनको छायाङ्कन तथा बन्दे प्रसादको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया