उपराष्ट्रपति युरोप दिवस समारोहमा

  बैशाख २६, २०७९

काठमाडौँ, वैशाख २६ : उपराष्ट्रपति नन्दबहादुर पुन युरोप दिवसका अवसरमा आज ललितपुरमा आयोजित एक विशेष समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले आयोजना गर्नुभएको उक्त समारोहमा यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत डेप्रेजले युरोपेली सङ्घ र नेपालबीचकोे साझेदारी पाँच दशक पुरानो भएको बताउँदै त्यसले नेपाल र युरोपेली सङ्घबीच पारस्परिक सहयोग, राजनीतिक र कूटनीतिक सम्बन्धलाई समेटेको उल्लेख गर्नुभयो ।

हरेक वर्ष मे ९ मा युरोप दिवस मनाइन्छ । दोस्रो विश्वयुद्धपछिको युरोपमा दीर्घकालीन शान्ति सुरक्षित गर्ने योजनामा हस्ताक्षर भएको यो दिन युरोप दिवसका रूपमा मनाइन्छ जसले युरोपेली सङ्घ स्थापनाका निम्ति मार्ग प्रशस्त गरेको थियो ।

तपाईको प्रतिक्रिया