काठमाडौँ, वैशाख २४ : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले साहित्यलाई एक सम्मानजनक पेसाका रुपमा लिनुपर्ने बताउनुभएको छ ।
दायित्व वाङ्मय प्रतिष्ठान नेपालको २३ औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको स्रष्टा सम्मान पुरस्कार अर्पण एवं कृति विमोचन समारोहमा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले साहित्य लेखनलाई व्यावसायिक रुपमा स्थापित र सम्माजनक पेसाका रुपमा स्थापित गर्न सायित्यकार निरन्तर लाग्र्र्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो कार्य अन्यभन्दा फरक हो, जसको सकारात्मक लेखनले समाज परिवर्तन र रुपान्तरणको परिकल्पना गर्न सकिन्छ, कार्यक्रममा दायित्व वाङ्मय विशिष्ट सम्मान २०७९ बाट सायित्यकारद्वय विजय चालिसे र विजय सागरलाई प्रदान गरिएको छ ।
त्यसैगरी दायित्व वाङ्मय सम्मान २०७९ सायित्यकार शङ्कर शाह र युवराज मैनालीलाई प्रदान गरिएको छ । हरिकला गुणाकर दायित्व रचना पुरस्कार २०७८ बाट रु ११ हजारसहित कवि अनुराधा ढकाललाई प्रदान गरियो भने दायित्व मुरलीदेवी गुरुदत्त काफ्ले स्मृति पुरस्कार २०७९ बाट समाजसेवी विनिता अर्याललाई रु १५ हजारसहित पुरस्कृत गरिएको छ ।
त्यसैगरी दायित्व यशोदा पन्त प्रतिभा पुरस्कार २०७९ सायित्यकार सम्पदा मल्ललाई रु ११ हजारसहित प्रदान गरिएको छ । कार्यक्रममा रामप्रसाद पन्तले लेख्नुभएको नियात्रोपन्यास (मेची मेरो महाकाली मेरो) पुस्तकको विमोचनसमेत गरिएको थियो ।






