भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रातीसँग भेटवार्ता

  बैशाख २१, २०७९

कोपनहेगन, बैशाख २१ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्वितियसँग भेटवार्ता गर्नु भएको छ । युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्नु भएको हो ।

कोपनहेगनस्थित राजदरबारमा रानी मार्गरेटले प्रधानमन्त्री मोदीलाई स्नेहपूर्ण स्वागत गर्नु भएको प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । भेटवार्तापछि प्रधानमन्त्री मोदी रानी मार्गरेटले आयोजना गर्नु भएको रात्रीभोजमा समेत सहभागी हुनुभएको थियो । सो अवसरमा प्रधानमन्त्री मोदीले राजपरिवारका अन्य सदस्यहरुसँग पनि भेटवार्ता गर्नु भएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले भेटवार्ताको महत्वपूर्ण अवसर दिएको र हार्दिकतापूर्वक स्वागत गरेको प्रति डेनमर्ककी रानी मार्गरेट द्धितिय र डेनमार्क सरकारप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ। एक दिने डेनमर्क भ्रमणका क्रममा उहाँले अति व्यस्त कार्यतालिकाकाबीच अन्य महत्वपूर्ण भेटघाट तथा छलफलहरु गर्नु भएको छ । उहाँले डेनमार्कका प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्नु भएको थियो ।

प्रधानमन्त्री मोदीले भेटघाटका क्रममा सबैसँग दुई देशको सम्बन्ध, सहकार्यलाई बढाउदै लैजाने र नयाँ संभावनाहरुका बारेमा छलफल गर्नु भएको अधिकारीहरुले जनाएका छन् । त्यसैगरी क्षेत्रिय तथा अन्तर्राष्ट्रिय चासो र सरोकारका विषयमा पनि उहाँले डेनमार्कमा छलफल गर्नु भएको छ । सोमबारदेखि तीन दिने युरोप भ्रमण सुरु गर्नु भएका मोदी भ्रमणको दोस्रो दिन डेनमार्क पुग्नु भएको हो ।

उहाँले भ्रमणको पहिलो दिन नै सोमबार जर्मनीका चान्सलर अलाफ स्कोल्जसँग बर्लिनमा भेटवार्ता गर्नु भएको थियो । उहाँहरुका बीचमा रुसले युक्रेनमा गरेको आक्रमण, त्यसमा दुई देशले खेल्नु पर्ने भूमिका र त्यसले पार्ने असरका बारेमा पनि छलफल गर्नु भएको बताइएको छ ।

भारतका विदेश सचिव विनय मोहन क्वात्राले दिनुभएको जानकारीअनुसार प्रधानमन्त्री मोदीेले यस पटक युरोप भ्रमणका क्रममा उहाँले युक्रेनमाथी रुसको हमलाका बारेमा पनि धेरै जसोसँग छलफल गर्नु भएको छ । सोमबार जर्मनीबाट युरोप प्रवेश गर्नु भएका प्रधानमन्त्री मोदीले मङ्गलबार डेनमार्कको भ्रमण गर्नु भएको छ भने बुधबार फ्रान्सको भ्रमण गर्नुहुने भएको छ ।

तपाईको प्रतिक्रिया