नेकांबाट मुलुकको विकास र समृद्धि हुन्छ : नेता निधि

  बैशाख १९, २०७९

मोरङ, वैशाख १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री विमलेन्द्र निधिले नेकांबाट मात्र मुलुकको विकास र समृद्धि हुने बताउनुभएको छ ।

विराटनगर–१८ स्थित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै उहाँले रोजगारीको सिर्जना र जनताको आयस्तर वृद्धि नेकांको विजयीबाट सम्भव हुने विचार राख्नुभयो ।

नेता निधिले मुलुकको विकास स्थानीय सरकारबाट सम्भव हुने भएकाले महानगरमा गठबन्धनका उम्मेदरवारलाई विजयी सुनिश्चित गराउन सबैसँग आग्रह गर्नुभयो ।

अर्का केन्द्रीय सदस्य अमृत अर्यालले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै नेकांं जितबाट नगरको समग्र विकास हुने धारणा राख्नुभयो । प्रमुख पदका नेकां उम्मेदवार नागेश कोइरालाले विराट राजाको दरबार क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार जसपाका अमरेन्द्र यादवले गठबन्धन विजयी भए विराटनगरको मुहार फेर्ने गरी काम गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया