मारिउपोलको एजोभस्टलबाट ८० नागरिकलाई उद्धार : रूसी रक्षा मन्त्रालय

  बैशाख १९, २०७९

मस्को [रूस], बैशाख, १९ : युक्रेनको घेराबन्दीमा परेको युक्रेनी शहर मारियुपोलमा रहेको एजोभस्टाल प्लान्टबाट ८० जना सर्वसाधारणलाई उद्धार गरिएको रुसी रक्षा मन्त्रालयले आइतबार जनाएको छ । यो सुरक्षित उद्धार, युद्धविराम र मानवीय कोरिडोर खोल्ने परिणाम हो, मन्त्रालयले विज्ञप्तिमा जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार स्टिल प्लान्टबाट निकासी शुरु भएको र विस्थापितहरू सोमबार दक्षिणी युक्रेनी शहर जापोरिझियामा आइपुग्ने तयारी गरिएको बताउनु भएको थियो।

तपाईको प्रतिक्रिया