कलाकार सुरजवीरको ‘जन्मदिनको शुभकामना गीत’ लोकार्पण

  बैशाख १८, २०७९

काठमाडौँ, वैशाख १८ : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘जन्मदिनको शुभकामना गीत’को भृकुटीमण्डपस्थित बुद्ध विहारमा आज लोकार्पण गर्नुभयो । सञ्चारकर्मी तथा कलाकार सुरजवीर बज्राचार्यको स्वर र शब्द रहेको उक्त गीत मङ्गल धूनमा गाइएको छ ।

यसको सङ्गीत संयोजन जुगल डङ्गोलले गर्नुभएको छ । जन्म दिनमा शुभेच्छा तथा शुभकामना आदानप्रदानमा हाबी हुँदै गएको वाह्य संस्कृति र त्यसको दुष्प्रभाव रोक्न शुरुमा नेपाल भाषा र अहिले नेपाली भाषामा शुभकामना गीत रचेर जनतासामु ल्याएको कलाकार बज्राचार्यले बताउनुभयो । चार वर्षअघि नेपाल भाषामा स्वराङ्कन गरिएको उक्त गीत नेवाः समुदायमा लोकप्रिय छ । बज्राचार्य नेवाः पत्रकारहरुको सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष पनि हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया