कोरोनाले थलिएको पर्यटन क्षेत्रलाई यसरी गरिँदैछ पुन : जागृत

  बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : कोरोना कहरले थला पार्दैनथ्यो भने संसारभरका पर्यटक यतिबेला नेपालका विभिन्न सहरमा पुगिरहेका हुने थिए । काठमाडौँको ठमेल, कास्कीको लेकसाइड, चितवको सौराहा, रुपन्देहीको लुम्बिनीमा हजारौँ पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे । कोही ‘ह्वाइट वाटर  र्‍ययाफटिङ’ मा रमाइरहेका भेटिन्थे । कोही सराङ्कोटमा प्याराग्लाइडिङको मज्जा लिइरहेका हुन्थे ।

कोही अन्नपूर्णको फेदीतिर हिमाल र हिउँको वर्णन गर्दै पुलकित भइरहेका हुन्थे भने कोही सगरमाथाको आधार शिविर पुगेर आफू भाग्यमानी भएको अनुभूति गरिरहेका हुन्थे । कोही खप्तडतिर, कोही रामारोशनतिर, कोही बर्दियातिर बाघसँग लुकामारी गरिरहेको अवस्थामा भटिन्थे । सन् २०१९ को डिसेम्बरदेखि सुरु भएको कोरोना कहरले संसारका धेरै देश र त्यहाँका नागरिक जस्तै नेपाल पनि प्रभावित भयो ।

मान्छे मान्छेसँग डराउनुपर्ने, सामाजिक रुपमा घुलमिल हुन नपाउने अवस्था देखा प¥यो । पर्यटक बनेर संसार डुल्ने मानिस कोही घरैभित्र सीमित भए । कोही अस्पताल पुगे । कोही फर्किएर घर आए भने कोहीले त्यही जीवनलीला अन्त्य गरे । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा विकसित भएको पर्यटन क्षेत्र ओरालो लाग्दा नेपालले पनि ठूलो क्षति व्यहोर्नु परेको छ । चालु आवको आठ महिनामा मात्रै १८.५ प्रतिशतले विदशी मुद्राको सञ्चिति ओरालो लागेको छ । दुई वर्षत कोरोनाका कारण सबै क्षेत्र प्रभावित भयो ।

पर्यटन र विप्रेषणबाटभित्रने वैदेशिक मुद्रामा चाप परिरहेको छ । अर्बौ लगानी गरिएका होटल, रेष्टुरेन्ट तथा पर्यटकीय क्षेत्र सुनसान बन्दा हजारौँको रोजगारीसमेत खोसियो । प्रत्यक्षरुपमा रोजगारी पाएका १० लाख बढी नेपालीमध्ये कोरोनाका कारण झण्डै सात लाखले काम छाड्न बाध्य भए । ती मासिनलाई रोजगारीमा पुनः फिर्ता ल्याउनुपर्ने चुनौती छ ।सरकारले पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि यसअघि पहल नगरेको भने होइन । तर, कोरोनाका अनेकन भ्यारियन्टका कारण सरकारको सार्थक पहलले पनि यस क्षेत्रलाई पुनः जागृत गराउन सकेन ।

तपाईको प्रतिक्रिया