बाँध मायाले’ सार्वजनिक

  बैशाख १६, २०७९

काठमाडौँ, वैशाख १६ : गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द सङ्गीत छ । गीतलाई सविन लिम्बूले सङ्गीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयम् गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ ।

‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।

तपाईको प्रतिक्रिया