मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

  बैशाख १५, २०७९

मेक्सिको सिटी, वैशाख १५ : मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर फयादले बुधबार बताएका छन् ।

“आज बिहान, प्लान्टको प्रवेशद्वारमा कामदारहरूको दुई समूहबीच भएको आक्रमण बारेमा ९११ आपतकालीन सेवाहरूमा रिपोर्ट गरिएको थियो,” फयादले ट्वीट गरेका छन् । झडपमा संलग्न नौ जना कामदारहरूलाई हिरासतमा लिइएको छ। यो झडप प्लान्टको प्रशासनको नियन्त्रणलाई लिएर कामदारहरू बीचको लामो समयदेखि चलिरहेको विवादसँग जोडिएको स्थानीय मिडियाले रिपोर्ट गरेको छ।

तपाईको प्रतिक्रिया