संयुक्त राष्ट्रसंघका महासचिव गुटेरस युक्रेनमा

  बैशाख १५, २०७९

संयुक्त राष्ट्रसंघ, वैशाख १५ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु । बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी दिनुभएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उहाँले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनुहुनेछ । राष्ट्रसंघीय महासचिव गुटेरसले युक्रेनमा रहँदा यहाँका द्धन्द्धग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताउनुभएको छ ।

महासचिव गुटेरस हालैमात्र रुसको भ्रमणमा जानुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया