कांग्रेसका प्रदेशसभा सदस्य मल्ल पार्टीबाट निष्कासित

  बैशाख १३, २०७९

काठमाडौँ, वैशाख १३ : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ ।

उहाँलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले पार्टीको सदस्यसमेत नरहने गरी निर्देशानुसार हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया