गायक चन्द्र लावारको ‘जीवन’ म्युजिक भिडियो सार्वजनिक

  बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : गायक चन्द्र लावारको सुमधुरको स्वरमा समावेश ‘जीवन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आफ्नी छोरी सान्वीको जन्म दिनको अवसर पारेर गायक लावारले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।

गीतका शब्द शिव चम्ल्गाईले लेख्नुभएको हो । जिन्दगीको यथार्थलाई गीतमा समेटिएको छ । ‘जीवन भन्नु यस्तै रैछ सबै कुरा बुझ्नुपर्ने’, ‘मुटु दुख्छ धेरै यहाँ तर पनि हाँस्नुपर्ने’, ‘भोगेर नै धेरै कष्ट सबैलाई नै झेल्नुपर्ने’ लगायत बोलका गीत समावेश गरिएको छ ।

यस गीतको म्युजिक भिडियोमा पुरन, रायना र सुनिताको अभिनय रहेको छ । अनोज सुनार र जमनको कोरियोग्राफी रहेको गीतमा प्रेम तामाङ र अनोज सुनारले सयुक्त रूपमा सम्पादन गर्नुभएको छ । जमन विष्टको निर्देशनमा भिडियो तयार पारिएको हो । गायक लावारको युट्युव च्यानल ‘चन्द्र लावार’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

यसअघि गायक लावारको स्वरमा समावेश ‘किन होला’, ‘एकै नजर’ बोलको म्युजिक भिडियोहरू सार्वजनिक भइसकेका छन् । हाल अमेरिकामा रहेका गायक लावारले आफ्नो नयाँ म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक, स्रोता तथा सम्बद्ध सबैलाई आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया