प्लाटिनममा ‘कालीप्रसाद बास्कोटा लाइभ’

  बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : गायक, गीतकार तथा सङ्गीतकार कालीप्रसाद बास्कोटा यही वैशाख ३१ गते अर्थात् मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने हुनुहुने भएको छ ।

‘कालीप्रसाद बास्कोटा लाइभ’ नाम दिइएको कार्यक्रमको प्रस्तुतकर्ता पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीई) नेटवर्क हो । पीभीई नेटवर्कका अनुसार विशेष डिजाइनमा तयार पारिएको लाइट, साउन्ड, एलईडी स्क्रिनमा गायक सुनिने हुनेछ । कार्यक्रममा अन्य कलाकारहरूको आकर्षक नृत्य प्रस्तुति पनि हुनेछ ।

उहाँका अनुसार कोभिड महामारीपछि काठमाडौँमा उनको यो पहिलो प्रस्तुति हुनेछ । उहाँ गाएका गीत ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय छन् । उहाँ केही समयअघि सम्पन्न गायन रियालिटी सो ‘सारेगमप’ को निर्णायक समेत भइसक्नुभयो । यसबाहेक उहाँले ‘नेपाल आइडल’ को सिजन १, २ र ३ मा पनि निर्णायकको भूमिका गरिसक्नुभएको छ ।

तपाईको प्रतिक्रिया