सोमालियाको राजधानीमा आत्मघाती बम आक्रमणमा तीन जनाको मृत्यु

  बैशाख १०, २०७९

मोगादिसु [सोमालिया], वैशाख १० : शुक्रबार साँझ सोमालियाको राजधानीको एक लोकप्रिय रेस्टुरेन्टमा आत्मघाती बम विस्फोटन हुँदा कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य आठ जना घाइते भएका छन् ।

प्रहरी प्रवक्ता अब्दिफिताह अदेन हसनका अनुसार सुरक्षा बलहरूले नयाँ पेस्केटोर सीफुड रेस्टुरेन्टलाई नियन्त्रण लिएर घाइतेहरूलाई अस्पताल लगिएको थियो । त्यो रेस्टुरेन्टमा हालै लिडो बिचमा खोलिएको थियो जहाँ सेलिब्रेटीहरू जमघट हुने गर्दछ ।

प्रहरीका अनुसार घटनास्थलमा पुगेका सुरक्षा अधिकारीहरूले अन्य अल-शबाब लडाकुहरूलाई रोकेका थिए । उनीहरू विष्फोट पछि रेस्टुरेन्टमा जबरजस्ती पस्ने प्रयास गरिरहेका थिए ।

एडेनले पत्रकारहरूलाई दिएको जनाकारी अनुसार सुरक्षा बलहरूले सोमाली संसद्का ११ सदस्यहरू सहित रेस्टुरेन्टमा साँझको खानाको लागि रेस्टुरेन्ट भित्र रहेका एक पुलिस आयुक्तलाई उद्धार गरेका थिए। “आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ,” उनले बताएका छन् ।

यद्यपि, चिकित्सा परोपकारी संस्था आमिन एम्बुलेन्स सेवाले आक्रमणमा ६ जनाको मृत्यु भएको र सात जना घाइते भएको बताएको छ । “हामीले विष्फोट स्थलबाट छ जना मारिएका सर्वसाधारण र अन्य सात जना घाइतेहरूलाई बोकेर लगेका छौं,” आमिन एम्बुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले घटनास्थलमा पत्रकारहरूलाई भनेका छन् ।

पूर्वी अफ्रिकामा सक्रिय सोमालियामा रहेका जिहादी समूह अल-शबाबले राजधानीमा भएको पछिल्लो आक्रमणको जिम्मेवारी लिएको छ र यसका लडाकुहरूले उच्च सरकारी अधिकारीहरूलाई निशाना बनाएको बताएको छ ।

तपाईको प्रतिक्रिया