विवाह बन्धनमा बाँधिइन् अभिनेत्री वर्षा सिवाकोटी

  बैशाख १०, २०७९

काठमाडौं, वैशाख १० : अभिनेत्री वर्षा सिवाकोटी विवाह बन्धनमा बाँधिनुभएको छ । शुक्रबार उहाँले अमेरिकामा बसोबास गर्ने आशिष गेलालसँग काठमाडौंको नागार्जुन रानीवनस्थित रेसु भिल्लामा विवाह गर्नुभएको हो ।

विवाहमा परिवारका सदस्य, सीमित आफन्त र साथीहरु मात्रै सहभागी हुनुहुन्थ्यो । वर्षाले विवाहबारे सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएकाे हो । वर्षा र आशिष केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

तपाईको प्रतिक्रिया