हाँस्यकलाकार श्रेष्ठ पेज थ्री लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

  बैशाख ०९, २०७९

काठमाडौं, वैशाख ९ : राष्ट्रिय सभागृहमा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ पेज थ्री लाइफटाइम एचिभमेण्ट अर्वाडबाट सम्मानित हुनुभएको छ  । इलोहं प्रकाशनको पेज थ्री पत्रिकाले आयोजना गरेको पेज थ्री पिपल्स च्वाइस अवार्ड समारोहको क्रममा उहाँ सम्मानित हुनुभएको हो ।

पेज थ्री अवार्ड ११४२ को चौथों संस्करणमा उहाँलगायत ४६ विद्या पनि अवार्ड वितरण गरिएको थियो । नेपाल भाषा गीत संगीत, चलचित्र तथा म्यूजिक भिडियोका विद्या प्रतिस्पर्धा गराइ निर्णायक तथा श्रोता दर्शकको भोटिङ्ग गराइ उत्कृष्टहरुलाई अवार्ड वितरण गरिएको थियो ।

नेपाल भाषा क्षेत्रको गीत संगीतलाई उजागर गर्नका लागि नेपाल सम्बत् ११३० मा पहिलो संस्करणबाट शुरु भएको पेज थ्री पिपल्स च्वाइस अवार्ड यो वर्ष चोथौ संस्करणको समारोह गरिएको हो । नेपाल भाषा चलचित्र, गीत संगीतहरु निरन्तर रुपमा ननिस्किरहेको हुनाले हरेक तीन-तीन वर्षमा गरिने यो अवार्ड गर्नुपर्ने बाध्यता भएको अवार्डका संयोजक दर्शनवीर शाक्यले बताउनुभयो ।

‘छन्त जिगु माया मदुला’ बोलको म्यूजिक भिडियो उत्कृष्ट भिडियो बनेको थियो भने चलचित्र तर्फ ’घोषक’ले उत्कृष्त चलचित्रको अवार्ड जित्नुभएको छ  । गोरखापत्रका फोटो पत्रकार मनोज रत्न शाहीले उत्कृष्त चलचित्र सम्पादकको अवार्ड जित्नुभएको छ  ।

तपाईको प्रतिक्रिया