केकी अधिकारी विवाह बन्धनमा बाँधिदै

  बैशाख ०८, २०७९

काठमाडौं, वैशाख ८ : अभिनेत्री केकी अधिकारी र रोहित तिवारीबीच आज विवाह हुँदैछ । बुधबार सामाजिक सञ्जालमा उहाँहरुको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको हो ।

नायिका केकी अधिकारीले आफ्नो नजिकका साथीभाइलाई भन्ने गर्नुहुन्थ्यो, ‘म सुटुक्क बिहे गर्छु । भोज पनि गर्दिन । नरिसाउनुहोला है ।’ केकीको पहिलेदेखि नै सुटुक्क विवाह गर्ने योजना थियो । बिहीबार परिवार र निकट आफन्तको उपस्थितिमा केकीको विवाह हुने जनाइएको छ ।

एक वर्षदेखिकाे प्रेम सम्बन्धलाई यी दुईले बिहेमा परिणत गर्न लाग्नुभएकाे हाे । रोहित हाम्रो बजार डटकमका सीईओ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया