रोहित शेट्टीको ‘इन्डियन पुलिस फोर्स’

  बैशाख ०७, २०७९

काठमाडौं, वैशाख ७ : निर्देशक रोहित शेट्टीको निर्देशनमा बनेको ‘इन्डियन पुलिस फोर्स’ वेब सिरिजको टिजर सार्वजनिक भएको छ ।

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा सिरिजमा प्रहरीको भूमिकामा देखिने भएका छन् । हालै रोहितले सामाजिक सञ्जालमा सेयर गर्नुभएको टिजरमा रोहितले सिद्धार्थको भूमिकालाई उत्कृष्ट शैलीमा प्रस्तुत गर्नुभएको छ ।

यो वेब सिरिज आठ एपिसोडको हुनेछ, जसमा सिद्धार्थ मल्होत्राको एक्सन, सस्पेन्स र देशभक्तिपूर्ण शैली देख्न सकिनेछ ।

आफ्नो वेब सिरिजको घोषणा गर्दै रोहितले भारतीय पुलिस बल आफ्ना लागि धेरै विशेष रहेको र वर्षौंदेखि यसमा काम गरिरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया