अधुरा काम सम्पन्न गर्न महायज्ञ

  बैशाख ०४, २०७९

गण्डकी, वैशाख ४ : पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा सञ्चालित पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजनाअन्तर्गत अधुरा कार्य सम्पन्न गर्न आजदेखि महायज्ञ सुरु गरिएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा यही वैशाख १२ गतेसम्म सञ्चालन हुने महायज्ञको जगद्गुरु शङ्कराचार्य स्वामी नरेन्द्रानन्द सरस्वतीले उद्घाटन गर्नुभयो । पुम्दीकोट विशाल महादेवको मूर्ति परियोजनाअन्तर्गत अधुरा कार्य सम्पन्न गर्न पुनः दोस्रो पटक महायज्ञ आयोजना गरिएको समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताउनुभयो ।

परिमार्जित परियोजनाअन्र्तगत सुमेरु पर्वत नामकरण गरी कुमार, पार्वतीको मूर्ति स्थापना गर्ने, भूमेश्वर महादेवदेखि सुमेरु पर्वतसम्म विद्युतीय चियर कार निर्माण गर्ने, हरित पार्क निर्माण गर्ने, व्यवस्थित पार्किङस्थल निर्माण गर्ने लगायतका योजना रहेको उहाँले जानकारी दिनुभयो । ४० करोडको उक्त परियोजनाअन्तर्गत ५१ फिट अग्लो महादेवको मूर्ति, ३१ फिट अग्लो विशाल डम्मरु, विशाल महादेवको विशाल क्षेत्र कुण्ड (गङ्गा पोखरी), १०८ स्वर्गद्वारी सिँढी निर्माण सम्पन्न भएको छ ।

 

तपाईको प्रतिक्रिया