एकनारायणको शब्दमा ‘प्लिज नभन है हुन्न’ गीत सार्वजनिक

  बैशाख ०२, २०७९

काठमाडौं, वैशाख २ : गीतकार एकनारायण भण्डारीको शब्दमा नयाँ गीत सार्वजनिक भएको छ । भण्डारीले नयाँ वर्ष २०७९ को अवसर पारेर ‘प्लिज नभन है हुन्न’ बोलको गीत सार्वजनिक गर्नुभएको हो ।

गायक युवराज मगर र गायिका टीका प्रसाईंको स्वरमा रहेको उक्त गीतको भिडियोमा पल शाह र शुभेक्षा मगर भारतीले अभिनय एवं नृत्य गर्नुभएको छ । गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गर्नुभएको हो ।

डान्सिङ विटको गीतलाई गायक युवराज स्वयंमले निर्देशन गर्नुभएको छ । भिडियोमा गाउँको युवा र सहरकी युवतीबीचको कथालाई प्रस्तुत गरिएको छ । मोर्डनपन र मौलिकपन दुवै पक्षलाई गीत र भिडियोमा प्रस्तुत गरिएको गायक एवं निर्देशक युवराजले जानकारी दिनुभयो ।

ज्ञानेन्द्र शर्माको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गर्नुभएको हो । गायक युवराजकै युट्युब च्यालमार्फत यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

तपाईको प्रतिक्रिया