नयाँ वर्षमा मिलन र प्रकाशले ल्याए ‘यूके लण्डनमा’

  बैशाख ०२, २०७९

काठमाडौं, वैशाख १ : गायिका मिलन नेवार र गायक प्रकाश सिङको स्वर रहेको यूके लण्डनमा  बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मकाउमा रहेका गायक  सिङले नयाँ वर्षको अवसर पारेर ल्याएको गीतका शब्द राजु आर डीका हुन् ।

गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा  मोडल गीता ढुंगाना र अभिषेक श्रेष्ठको अभिनय रहेको छ । पहिलो भेटमा नजर जुधाएर ख्याल ठट्टामा नै प्रेममा परेको कुरालाई निर्देशक विक्रम चौहानले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोमा प्रकाश खड्काको छायांकन रहेको छ । गायक सिङले यसअघि नै आधा दर्जन भिडियो ल्याइसक्नु भएको छ । अमेरिकामा रहेका महेश जोशी, मकाउमा रहेका अ्मर लिङ्देन, अडियो नेपालका बुद्ध सयमी र काठमडौँका सन्तोष बिश्वोकर्माको हयोगमा भिडियो निर्माण भएको गायक सिङले बताए ।

तपाईको प्रतिक्रिया