राष्ट्र विकासका लागि साझा सङ्कल्प लिनुपर्र्छ : प्रदेश प्रमुख शर्मा

  बैशाख ०१, २०७९

वाग्मती, वैशाख १ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्र विकासका लागि सबैले साझा सङ्कल्प लिनुपर्ने बताउनुभएको छ । उहाँले नयाँ वर्षले राष्ट्र निर्माणको गतिलाई थप उचाइमा पुर्‍ययाउन, जनअपेक्षाअनुसार कार्यसम्पादन हुन र एउटा सम्पन्न राष्ट्र निर्माणको आधार तयार गर्ने प्रेरणा प्राप्त होस् भन्ने अपेक्षासमेत राख्नुभएको छ ।

नयाँवर्ष २०७९ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले प्राकृतिक स्रोत र साधनले भरिपूर्ण हाम्रो देशको साधनको समुचित उपयोग गरी समुन्नत राष्ट्र निर्माण गर्न र उपयुक्त स्थानमा ठूलाठूला उद्योग, आयोजना सञ्चालनमा ल्याइनुपर्ने जोड दिनुभएको छ । प्रमुख शर्माले देशलाई आर्थिक, सामाजिक एवं राजनीतिकरुपमा प्रगतिको गोरेटोतर्फ लम्काउनका लागि सबैले अह्म भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया