शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत

  बैशाख ०१, २०७९

संयुक्त राष्ट्रसंघ, बैशाख १ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यमनमा भएको शान्तिपूर्ण शक्ति हस्तान्तरणको स्वागत गरेको छ । सो परिषदले बुधबार उक्त शक्ति हस्तान्तरणको स्वागत गरेको समाचारमा जनाइएको छ । यहाँका राष्ट्रपतिले यमनमा गठन भएको प्रेडिसेन्सियल लिडरसिप काउन्सिल (पिएलसी) लाई आफ्नो शक्ति हस्तान्तरण गरेकामा उक्त परिषदले स्वागत गरेको बताइएको छ ।

यमनमा गहिरिँदै गएको राजनीतिक संकटको समाधानका लागि यहाँ संयुक्त राष्ट्रसंघको समन्वयमा उक्त पिएलसी गठन गरिएको छ । सो पिएलसीले यहाँका राजनीतिक दलहरुको सहभागिता र समन्वयमा राजनीतिक संकट समाधानका लागि काम गर्नेछ । यहाँ निर्वाचन गर्नका लागि पनि यही संरचनाले भूमिका खेल्ने बताइएको छ ।

संयुक्त राष्ट्रसंघले यस पिएलसीमा यमनका सबै राजनीतिक शक्तिहरुलाई समेटेर यहाँ रहेका समस्या समाधान गर्ने र उनीहरुकै सहमति र समन्वयमा काम गर्ने बताइएको छ । यहाँ केही वर्ष यतादेखि राजनीतिक संकट बढ्दै गएको छ । जसका कारण यहाँ हिंसा समेत जारी रहेको बताइएको छ ।यस पिएलसीले यहाँको द्धन्द्धको समाधानका लागि पनि एक वार्ता टोली गठन गरी यहाँका विद्रोही र विपक्षीहरुसँग वार्ता अघि बढाउने बताइएको छ ।

शान्तिपूर्ण रुपमा यहाँका समस्याहरुको समाधान गरी आगामी दिनमा उचित वातावरण निर्माण गरेर यमनका राष्ट्रपतिको निर्वाचन गर्नेसम्मको काम यस पिएलसीले गर्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया