आइभोरी कोस्टका प्रधानमन्त्री बर्खास्त, नयाँ सरकार अर्को हप्ता बन्ने

  चैत ३०, २०७८

अबिदजान, चैत ३० : आइभोरी कोस्टका प्रधानमन्त्रीलाई बुधबार पदबाट बर्खास्त गरिएको छ । नयाँ प्रधानमन्त्री नियुक्त गरी नयाँ सरकार भने अर्को हप्ता मात्रै गठन हुने सरकारी उच्च अधिकारीहरूले जानकारी दिएका छन् ।

राष्ट्रपति अलासान औताराले नयाँ सरकार गठनको गृहकार्य सुरु भइसकेको र अर्को हप्तासम्ममा गठन हुने उल्लेख गर्नुभयो । “वर्तमान प्रधानमन्त्री जिम्मेवारीमुक्त हुनुभएको छ, अर्को हप्ता नयाँ सुव्यवस्थित सरकार बन्ने छ,” उहाँले भन्नुभयो । उहाँले नयाँ सरकार गठनका लागि आफू समक्ष प्रस्ताव पेस गर्न पनि सबैलाई आह्वान गर्नु भएको छ ।

 

तपाईको प्रतिक्रिया