काठमाडौँ, चैत २९ : आउँदो वर्ष वैशाख २४ गते मनाइने राष्ट्रिय पत्रकारिता दिवसको नारा अरु क्षेत्रका लागि पनि प्रेरणादायी हुने गरी सुझाउन राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिले सञ्चार प्रतिष्ठानसँग आग्रह गरेको छ ।
मूल समारोह समितिका अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको अध्यक्षतामा आज मन्त्रालयमा बसेको समितिको बैठकले यस्तो आग्रह गरेको हो ।
मन्त्री कार्कीले पत्रकारिता दिवसलाई उदाहरणीय रुपमा सम्पन्न गर्न निर्देशन दिँदै यस दिवसका अवसरमा प्रदान गरिने पुरस्कारका लागि नाम छनोट गरिँदा योग्यता र योगदानलाई आधार बनाइने स्पष्ट पार्नुभयो । साथै, उहाँले समग्र प्रेस जगत्को प्रोत्साहन र सम्वद्र्धनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वदायी भूमिका रहने पनि बताउनुभयो ।
मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले पत्रकारिता दिवसलाई दीपावलीसहित तीन दिन मनाउन सकिने बताउँदै सञ्चार क्षेत्रसँग आबद्ध सबैको यो दिवस भएकाले आ–आफ्नो संस्थाबाट गर्न सकिने कार्यक्रमको प्रस्ताव लिएर आउन सञ्चार प्रतिष्ठानसँग आग्रह गर्नुभयो ।
बैठकमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सञ्चार प्रतिष्ठानरसङ्घरसङ्गठनका प्रमुख तथा प्रतिनिधिबाट यस दिवसलाई राष्ट्रिय पर्वकै रुपमा सम्पन्न गर्न अधिकारिक सञ्चार प्रतिष्ठानलाई सहभागी गराउनुपर्ने, निजी क्षेत्रसँग हातेमालो गरी अपनत्व महसुस गर्नसक्ने वातावरण तयार गर्नुपर्ने, दिवसका अवसरमा नारा सँगसँगै अतिरिक्ताङ्क वा विशेष लेखररचनाको प्रकाशन तथा प्रसारण गर्ने प्रबन्ध गर्नुपर्ने र सञ्चार मन्त्रालयसँगको प्रेस जगत्को अन्तक्र्रियालाई निरन्तरता दिनुपर्ने सुझाव प्रस्तुत गरिएका थिए । कोभिड महामारीका कारण विगत दुई वर्ष यो दिवस मनाउन सकिएको थिएन ।