स्थानीय निर्वाचन : २८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छपाइ सम्पन्न

  चैत २८, २०७८

काठमाडौं, चैत २८ : निर्वाचन आयोगले २८ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार पत्रकार सम्मेलनमार्फत २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य जिल्लाका लागि मतपत्र छाप्ने काम जारी रहेको छ ।

तपाईको प्रतिक्रिया