काठमाडौँ, चैत २८ : लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट मित्रलाल शर्माको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा टीकादेवी दाहाल, नरबहादुर लिम्बू, लोचना अधिकारी, लक्ष्मणप्रसाद ज्ञवाली, कृष्ण गौतम, केपी अधिकारी, महासचिवमा जगदीशप्रसाद अधिकारी, उपमहासचिवमा निर्मला धिताल, सचिवमा राजु बस्नेत, शिशिर खनाल, नेत्रप्रसाद सापकोटा, भोलाप्रसाद अधिकारी, कमला बुढाथोकी, तारा ढकाल, जीवन भट्ट, कोषाध्यक्षमा महेश्वर घिमिरे चयन हुनुभएको छ । सम्मेलनको यही चैत २७ गते नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।