राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेस

  चैत २५, २०७८

काठमाडौँ, चैत २५ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकुमार कार्कीले सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीसमक्ष न्याय परिषद् एवं न्याय सेवा आयोगका अध्यक्षसमेत रहनुभएका कामु प्रधानन्यायाधीश कार्कीले नेपालको संविधानको धारा १३८ वमोजिम ती प्रतिवेदनहरु पेस गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया