सत्ता गठबन्धनले चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने

  चैत २५, २०७८

काठमाडौं, चैत २५ : प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकले आसन्न स्थानीय तह निर्वाचन र चुनावी तालमेलका लागि संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको छ ।

आगामी निर्वाचन सम्बन्धमा सो संयुक्त वक्तव्य आज, भोलि नै जारी हुने नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेल लगायत गठबन्धन दलका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।
बैठक सम्पन्न भइसकेको छ ।

तपाईको प्रतिक्रिया