अर्घाखाँचीमा बस दुर्घटना हुँदा ३० जना घाइते

  चैत २५, २०७८

अर्घाखाँची, चैत २५ : सन्धिखर्क नगरपालिका– २ भलाडाँडामा शुक्रबार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

प्युठानको स्वर्गद्वारी दर्शन गरेर सुपा देउराली हुँदै पोखरा जाँदै गरेको ग २ ख ६८० नम्बरको बस दुर्घटना हुँदा ३० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिनुभयो ।

घाइते सबैको सन्धिखर्कको जिल्ला अस्पतालमा उपचार भइराखेको छ ।

तपाईको प्रतिक्रिया