शाङ्घाईको कोभिड–१९ सङ्क्रमण विरूद्धको अभियानमा छिमेकी प्रान्तले सहयोग गर्ने

  चैत २४, २०७८

शाङ्घाई, चैत २४ : चीनको जियाङ्गसु र झेजियाङ प्रान्तले कोभिड–१९ विरूद्धको अभियानमा शाङ्घाईलाई सहयोग गर्ने बताएका छन् ।शाङ्घाईलाई सहयोग गर्न उनीहरूले क्वारेन्टाइनका लागि करिब ६० हजार कोठाहरू उपलब्ध गराउने बताएका हुन् ।

शाङ्घाई कोभिड–१९ रोकथाम तथा नियन्त्रण मुख्यालयका अनुसार अप्रिल ६ सम्म जियाङ्गसुले १६ हजार कोठा र झेजियाङले २१ हजार कोठा तयार पारेको छ । यी कोठाहरू शाङ्घाईमा कोभिड–१९ सङ्क्रमण भएका वा उनीहरूको सम्पर्कमा आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्न प्रयोग गरिने अधिकारीले बताएका छन् ।

आधिकारिक स्रोतहरूका अनुसार यी स्थलहरू महामारी नियन्त्रणका लागि सरकारी स्तर अनुरूप हुने र चिकित्सकहरू प्रदान गर्ने होटेलहरू हुनेछन् ।

शाङ्घाईले बुधबार ३२२ वटा व्यक्तिमा स्थानीयस्तरमा सङ्क्रमित भएको पुष्टि गरेको छ । त्यस्तै १९ हजार ६६० व्यक्तिमा लक्षणविनाको सङ्क्रमण भेटिएको र उनीहरू बिभिन्न मुलुकबाट आएका चिनिँया तथा अन्य मुलुकका नागरिक भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया