राष्ट्रपतिबाट नवनियुक्त कानुनमन्त्रीलाई शपथ

  चैत २४, २०७८

काठमाडौँ, चैत २४ : राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा कोइरालाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री कोइरालालाई शपथ गराइएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, संवैधानिक निकायका प्रमुखलगायत विशिष्ट पदाधिकारीको उपस्थिति रहेको थियो । प्रधानमन्त्री देउवाको सिफारिसमा आज कोइराला मन्त्रीमा नियुक्त हुनुभएको हो ।

तपाईको प्रतिक्रिया