नलगाडले पाँच वर्षमा बनायो ७८ कानुन

  चैत २४, २०७८

जाजरकोट, चैत २४ : नलगाड नगरपालिकाले पाँच वर्षसम्म गरेका कामको प्रगति विवरण सार्वजानिक गरेको छ । मुलुुक सङ्घीयतामा गएपछि विसं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।

शून्यबाट काम सुरु गरेको नगरले अहिले आफ्नै प्रशासनिक भवनसहित १३ वटै वडाको कार्यालयसमेत निर्माण गरेको नगरप्रमुख टेकबहादुर रावलले बताउनुभयो । सुशासनयुक्त कार्यसम्पादनलाई सहज, सरल र व्यवस्थित गर्न नगरसभाबाट विभिन्न ऐन, नियमावली, कार्यविधि, निर्देशिका, मापदण्ड तथा नीति गरी ७८ वटा कानुन लागू गरिएको उहाँको भनाइ थियो । सञ्चार क्षेत्रको विकासका लागि नगरपालिका–४ को खान्टाकुरामा नलगाड एफएम रेडियो सञ्चालनको प्रक्रियामा रहेको छ ।

नगरभित्रका प्रत्येक माध्यमिक विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय र सबै प्रहरी चौकीमा इन्टरनेट जडान गरिएको छ । गुनासो सुन्ने अधिकारी तथा सूचना अधिकारीको व्यवस्था र नागरिक वडापत्र, उजुरी पेटिकाको व्यवस्था समेत गरिएको छ । स्थानीय हावापानी र माटो सुहाउँदो सम्भाव्यता अध्ययन गरी १२ वटा बालीवस्तुको पकेट क्षेत्र पहिचान गरी तीनवटा बालीको पकेट क्षेत्र र नौवटा वस्तुको क्षेत्र विस्तार गरिएको नगरपालिकाले जनाएको छ ।

वडा नं १, २ र ४ लाई मह पकेट क्षेत्र, वडा नं २, ३, ४, ५, ७ र ८ लाई तरकारी पकेट क्षेत्र, वडा नं ३ लाई सुन्तला, अलैँची र प्याज पकेट क्षेत्र, वडा नं ५ लाई मकै र कागती पकेट क्षेत्र, वडा नं ६ लाई टिमुर र आलु पकेट क्षेत्र, वडा नं ७ र ८ लाई धान पकेट क्षेत्र, वडा नं ९, १० र ११ लसुन पकेट क्षेत्र, वडा नं १२, १३ लाई पशुपालन पकेट क्षेत्र र १३ नं वडालाई स्याउ, नास्पती, ओखरलगायत फलफूल पकेट क्षेत्र घोषणा गरी नगरपालिकाले लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिनुभयो ।

त्यस्तै प्राङ्गारिक खेती प्रवद्र्धन तथा रैथाने बाली संरक्षण गर्न १५ रोपनी जग्गामा कालो धानको क्षेत्र विस्तार गरिएको छ । परम्परागत कृषि उत्पादनको विकास गर्नाका साथै आधुनिकीकरण कृषि उत्पादनलाई जोड्न ५० प्रतिशत अनुदानमा औजार तथा उपकरण वितरण गरिएको उहाँले बताउनुभयो । कृषि उपजको बजार सुनिश्चित गर्न कृषि क्षेत्र विकास कार्यक्रमसँगको सहलगानीमा वडा नं ७को दल्लीमा कृषि हाटबजार आयोजना गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गरी बोलपत्र आह्वान गरिएको छ ।

कृषिलाई मर्यादित तथा सम्मानित पेशाका रूपमा स्थापित गर्न ‘नगरप्रमुख उत्कृष्ट पुरस्कार’को व्यवस्था गरी प्रत्येक वर्ष उत्कृष्ट किसान, समूह, सहकारी र निजी फार्मलाई सम्मानसहित पुरस्कार वितरण गर्दै आएको नगरपालिकाले जनाएको छ । कृषि प्रविधि प्रदर्शनी, अनुसन्धान तथा प्रसार गर्न वडा नं ५ मा कृषक सिकाइ केन्द्र स्थापना गरिएको छ ।

दैनिक ५–१० कृषकले प्रविधि अवलोकन गर्ने वातावरण मिलाइएकोे छ । मौरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न किसानलाई मौरीका गोलासहित आधुनिक घार वितरण कार्यक्रम जारी राखिएको छ । दिगो र नवीनतम् प्रविधिको संरचना निमार्ण गरी बेमौसमी तरकारी खेतीको विकास गर्न आधुनिक पक्की फलामे टनेल निर्माण गर्नाका साथै कृषकका फलफूल बगैँचा सुदृढीकरण गर्न आरी, सिकेचर, स्पेयर ट्याङ्कीलगायत उपकरण वितरण गरी कृषकको जीवनस्तरमा सहयोग पु¥याइएको नगरप्रमुख रावलले बताउनुभयो ।

साना किसानलाई कृषि पेशामा आबद्ध गराई आयआर्जनमा जोड्न करेसाबारीसम्बन्धी तालिम दिनाका साथै टनेलका लागि प्लाष्ट्रिक, हजारी, थोपा सिँचाइ, गार्डेन पाइप, स्पेयर ट्याङ्की वितरण गरिएको छ । सिँचाइका लागि विभिन्न साइजको प्लाष्ट्रिक र पाइप वितरण गरिएको छ । कृषकलाई प्याकेज कार्यक्रम प्रदान गर्ने गरिएको छ । समूह प्रसार पद्धतिमार्फत कृषि प्रसार सेवा प्रदान गर्न कृषक समूह दर्ता गर्ने गरिएको छ ।

नगरपालिकाको वडा नं २ लाई भैँसी र वडा नं ९, १०, ११, १२ र १३ लाई बाख्रापालन क्षेत्र घोषणा गरी लगानी विस्तार गरिएको बताइएको छ । दूध उत्पादन र खपत तथा मासु उत्पादन र खपतमा चौगुणा वृद्धि गराइएको छ । वडा नं ९, १०, ११, १२ र १३ बाट विदेश गएर फर्किएका बेरोजगार युवालाई बाख्रापालन व्यवसाय गर्न रु ५० हजारका दरले अनुदान दिएर रोजगार बनाइएको छ ।

पाँचौँ नगरसभाबाट आव २०७६÷७७ देखि लागू हुने गरी २० वटा बालविकास केन्द्र स्थापना गरी बालबालिकाहरूको पठनपाठनलाई सहज बनाउनाका साथै २० बालविकास शिक्षकलाई रोजगारी दिलाइएको नगरपालिकाले जनाएको छ। वडा नं १ देखि १३ सम्मका ३६ वटा विद्यालयको पक्की र ४७ वटा विद्यालयको कच्ची भवन निर्माण तथा मर्मत गरिएको छ ।

नगरपालिकाका १४ विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको, १३ विद्यालयमा टकिङ टिचर प्रणाली लागू गरिएको र छ विद्यालयमा प्रतिविद्यार्थी एक ल्यापटपको व्यवस्था गरी कम्प्युटर शिक्षा प्रदान गरिएको छ । सबै माध्यामिक विद्यालयमा विद्युतीय ई–हाजिरी प्रणाली लागू गरिएको छ । माध्यामिक तहका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको छ । माध्यामिक तहका तीनवटा विद्यालयमा विज्ञान प्रयोगशाला, चारवटा विद्यालयमा आइसिटी र तीन विद्यालयमा पुस्तकालयको व्यवस्था गरिएको छ ।

नगरपालिकाको वडानं १ देखि १३ सम्म १२ वटा आफ्नै भवन, स्वास्थ्य उपकरण, औषधि र दरबन्दीसहित सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी स्वास्थ्य सेवा प्रवाह गरिएको, वडा नं ३ को कैना र वडा नं ११ को चौखा स्वास्थ्यचौकीमा दरबन्दीसहित ल्याब प्रयोगशाला सञ्चालनमा ल्याइएकोे, करार सेवामा चिकित्सक भर्ना गरी प्राथमिक स्वास्थ्य केन्द्रबाट बाह्रै महिना विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा ल्याइएको नगरप्रमुख रावलले बताउनुभयो । वडा नं ७ को दल्लीमा रु २२ करोड तीन लाखको लागतमा १५ शश्याको प्राथमिक नगर अस्पताल निर्माणका लागि सम्झौता गरी निर्माण सुरु भइरहेको जनाइएको छ । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई नगरपालिकाले रु एक हजार प्रोत्साहन भत्ताको सुविधा थप गरी कामलाई तीव्रता दिइएको छ ।

आव २०७४÷७५ मा संस्थामा सुत्केरी हुने महिलाको सङ्ख्या १६४ रहेकामा आव २०७७÷७८ मा संस्थागत सुत्केरी हुने महिलाको सङ्ख्या ४६१ पुगेको छ । नगरपालिकाले अकस्मिक कोष सञ्चालन निर्देशिका २०७८ जारी गरी मुटु, मिर्गाैला, क्यान्सर, टाउको र मेरुदण्डको सर्जरी, अल्जाइमर्स रोगका बिरामीलाई रु २० हजारका दरले उपचार सहयोग उपलब्ध गराइरहको उहाँले बताउनुभयो । संरक्षक नभएका, जोखिममा परेका बालबालिका र ७० वर्षमाथिका जोखिममा परेका ज्येष्ठ नागरिकलाई नगरपालिकाबाट रु १० हजारका दरले औषधोपचारको व्यवस्था गरिएकोे छ ।

घाइतेको उपचार तथा एम्बुलेन्स सेवामा रु १५ हजार सहयोग उपलब्ध गराउने व्यवस्था गरिएका,े १३ स्वास्थ्य संस्था र पाँचवटा गाउँघर तथा खोप क्लिनिक भवन निर्माण गरिएको, १०८ जनालाई स्वास्थ्योपचारका लागि आर्थिक सहायता उपलब्ध गराइएको नगरपालिकाले बताएको छ । ज्येष्ठ नागरिक, महिला तथा बालबालिकाका लागि आँखा, नाक, कान, घाँटी, पाठेघर र मानसिक स्वास्थ्य शिविर सञ्चालन गरी १८५० भन्दा बढीलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

खानेपानी योजनाका नौवटा क्याचमेन्ट, ९१ वटा इन्टेक, ४७ वटा ट्याङ्की, दुईवटा डिटी, ३१ विपिटी, ३६६ धारा निर्माण गरिएको छ । तीनसय सतचालिस दशमलव सात किलोमिटर पाइप लाइन विस्तार गरी नगरवासीलाई शुद्ध खानेपानीको सुविधा प्रदान गरिएको, १३ वटा नमूना बस्तीमा महिला र पुरुषका लागि फरक कोठा भएको सार्वजनिक शौचालयको निर्माण गरिएको, खानेपानीका ठूला आयोजनामा वडा नं ७ मा रु साढे तीन करोड लागतमा काँडादल्ली बफेलगाउँ खेगनकोट खानेपानी आयोजना निर्माण गरिएको र नहकुली–जुरेली, रावतगाउँमा ठूला खानेपानी आयोजना निर्माण गरिएको छ ।

नब्बे दशमलव एकाउन्न किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने तथा सडकको स्तरोन्नति गर्ने काम गरिएको, १८६.३७ किलोमिटर सडक मर्मत तथा सडक सफा गरिएको, सबै वडा कार्यालयको प्रशासनिक केन्द्रलाई नगर सडक सञ्जालमा जोडिएको, प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रमबाट १८०दशमलव २६ किलोमिटर घोरेटो बाटो निर्माण गरिएको तथा १९ काठे , दुई झोलुङ्गे, एक पक्की पुल र चारवटा टस्टब्रिज निर्माण गरिएको छ ।

उण्डाइस १९स्वास्थ्य संस्था, ३६ विद्यालय, एक पशुसेवा कार्यालय, एक नलगाड बहुमुखी क्याम्पस, दुईवटा सहकारी संस्था गरी ६३ वटा संस्थागत पक्की भवन निर्माण गरिएको छ । वडा नं ५ मा १३ किलोवाट विद्युत् उत्पादन क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरिएको छ । नगरपालिकाभित्रका विभिन्न लघुजलविद्युत् आयोजनाबाट ३९दशमलव नौ किलोमिटर विद्युत् प्रसारण लाइन विस्तार गरिएको छ ।

पाँच वर्षमा ३६ पटक लघुजलविद्युत् आयोजनाको मर्मत गरिएको छ । विद्युत्को पहुँच नपुगेका वडा नं १, ६, १०, ११ र १२ का गरिब तथा विपन्न नागरिकलाई एक २०३ थाल सोलार बत्ती र ३०३ घरपरिवारलाई फलामे चुलो वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया